आज सुनको मूल्य स्थिर

११ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य उतारचढाव कायम रहेको छ । पछिल्लो दुइ दिन घटेको सुनको मूल्यमा आज बुधबार स्थिर रहेको छ ।

चैत ११ गते सुनको मूल्य मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला ८६ हजार ७०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ८६ हजार २५० रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

सोमबार र मंगलबार दुई दिन सुनको भाउ तोलामा ५०० रुपैयाँले गिरावट भएको थियो ।

सुनको भाउ स्थिर रहेतापनि बुधबार चाँदीको भाउ भने घटेको छ ।

आज चाँदी प्रतितोला १० रुपैयाँले ओरालो लागेर प्रतितोला एक हजार २४० रुपैयाँमा किनबेच हुँदैछ । मंगलबार चाँदीको मूल्य प्रतितोला एक हजार २५० रुपैयाँ तोकिएको थियो ।



मल्टिमिडिया ग्यालरी

digital khabarGoldgold price
Comments (0)
Add Comment