नेपालमा कोरोना मिटर माथि तर्फ चढ्दै : आज थपिए १८८ संक्रमित

१० चैत , काठमाडौं । केही दिन यता नेपालमा कोरोनाको जोखिम बढ्दै गएको छ । दिन दिनै कोरोनाको संक्रमित बढिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आमा सर्वसाधारणमा सर्तक रहन आग्रह गरेको । स्वास्थ्य सावधानी अपनाउन अपिल गरेको छ ।

पछिल्लो २४ घन्टामा नेपालमा कोरोना भाइरसका १८८ जना सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा थपिएका १८८ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७६ हजार २४४ पुगेको उल्लेख गरेको छ ।

पछिल्लो चौबीस घण्टामा नेपालमा चार हजार ३२ जनाकाे परीक्षण भएकाेमा साे संख्या थप भएका छन् । यस्तै, ७७ जना सङ्क्रमित निको भएका छन् । हालसम्म दुई लाख ७२ हजार ९७ जना निको भएका छन् ।

पछिल्लो चौबीस घण्टामा कसैकाे पनि मृत्यु भएकाे छैन । हालसम्म तीन हजार १९ जनाको सङ्क्रमणबाट मृत्यु भैसकेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment