सरकारले संसदलाई कामबिहीन बनाउन लागेको छ; गगन थापा

१० चैत, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले संसदसँग बदला लिन लागेको आरोप लगाएका छन् ।

मंगलवारको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै पूर्वमन्त्री समेत रहेका नेता थापाले सरकारले संसदलाई कामबिहीन बनाउन लागेको आरोप लगाएका हुन् ।

त्यस्तै सरकारले कानून बनाउन नदिएको भन्दै हल्ला गरिएपनि प्रतिनिधि सभा र राष्ट्रिय सभा नै नबाउनुले काम गर्न नसकिएको नेता थापाको जिकिर रहेको छ ।

‘किनकी प्रधानमन्त्रीलाई यो संसदसँग बदला लिनुछ,’ । नेता थापाले भने- ‘एसिड आक्रमणकारीलाई नियन्त्रण गर्ने कानुन बनाउन दिइएन भनेर हल्ला गर्ने तर संसदलाई एउटा पनि विधेयक नदिने ? विधेयकलाई कानुन बनाउन चाहिने राष्ट्रिय सभा बैठक पनि नबोलाउने ?’

त्यस्तै प्रधानमन्त्री ओलीले सनकको भरमा संसद भंग गरेको र त्यसैलाई सही स्थापित गराउनका लागि संसदलाई कामबिहीन गराउन लागेको आरोप लगाए ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment