सत्ता समिकरण मिलाउन चीन सक्रिय, राजदूत यान्छी नेताहरुलाई धमाधम भेट्दै

१० चैत्र, काठमाडौं । देशमा सत्ता संघर्ष चलिरहँदा चिनियाँ राजदूत होउ यान्छी सक्रिय भएकी छिन् । उनले राजनीतिक दलका नेताहरुलाई निरन्तर भेटिरहेकी छिन् ।

सोमबार यान्छीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेता माधवकुमार नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेकी छिन् । भेटमा सम्भावित राजनीतिक घटनाक्रमबारे छलपल गरेको बुझिएको छ ।

एमाले र माओवादी केन्द्र ब्युँतिएपछि यान्छीले दुवै दलका नेताहरुलाई पहिलोपटक भेटेकी हुन् । उनले अन्य दलका नेताहरुसँग पनि भेटवार्ता गर्दै आएकी छिन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि राजदूत यान्छीले गत हप्ता भेटवार्ता गरेकी छिन् । यसलाई नयाँ सत्ता समिकरणमा चीनले भूमिका खेल्न खोजेको रुपमा बुझिएको छ ।

यसअघि चीनले नेकपा एकता टुट्न नदिन भूमिका खेलेको थियो । तर, त्यो प्रयास सफल हुन सकेन ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment