अमेरिकामा अन्धाधुन्धा गोली प्रहार, १० जनाको मृत्यु

१० चैत, वासिङ्टन । अमेरिकाको कोलोराडो राज्यमा एक बन्दुकधारीले चलाएको गोली लागी १० जनाको मृत्यु भएको छ । बोल्डर सहरस्थित एक ग्रोसरी सपमा सोमबार भएको उक्त आक्रमणमा एक प्रहरीको पनि मृत्यु भएको कोलोराडो प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

स्थानीय समयनुसार दिउँसा २ः३० बजे भएको उक्त आक्रमणलाई प्रत्यक्षदर्शीले युट्युबमार्फत प्रत्यक्ष प्रसारण गरेका थिए ।

“यहाँ के भइरहेको छ, मलाई थाहा छैन । मैले गोली चलेको आवाज सुनेँ । कोही भुइँमा ढलेको थियो,” भिडियो खिच्दै गरेका एक व्यक्ति चिच्याउँछन् ।

आक्रमणकारीलाई प्रहरीले पक्राउ गरिसकेको छ । के कारण र उद्देश्यले आक्रमण भयो भन्ने खुलिनसकेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसअघि, गएको मंगलबार एटलान्टा सहरमा २१ वर्षीय एक युवकले अन्धाधुन्ध गोली चलाउँदा आठजनाको मृत्यु भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment