सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास

०९ चैत, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाको लिस्तीकोटमा स्वास्थ्य चौकी भवनको शिलान्यास गरियको छ ।

भारतीय राजदुतावासको १६ करोड लागतमा उक्त भवन निर्माण हुदैछ ।

आज उक्त भवनको गाउँ पालिका अध्यक्ष राजकुमार पौडेल जिल्ला स्वास्थ कार्यालय प्रमुख, जिल्ला कार्यान्वयन कार्यालय का प्रमुख लगायतले संयुक्त रुपमा शिलान्यास गरिएको हो ।

स्वास्थ भवन सिलान्यास कार्यक्रममा बोल्दै गाउँ पालिका अध्यक्ष राजकुमार पौडेलले उक्त भवन निर्माण कार्यमा क्वालीटी र क्वान्टीटीमा बिशेश ध्यान दिन ठेकेदार कम्पनीका प्रतिनिधीलाइ सुझाव समेत दिनुभयो ।

त्यस्तै निर्माण कार्यमा स्थानिय नागरिकहरुलाइ रोजगारी दिन समेत आग्रह गर्नुभयो ।

उक्त भवन हिम्दुङ एण्ड थोकर लामा जेभी ले रु २ करोड ८ लाख ६५ हजार ४९८ मा ठेक्का पाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment