दण्डहिनता नै जातिय विभेदको जड : मानव अधिकार तथा शान्ति समाज

लक्ष्मण फुयाल

०८ चैत, काठमाडौं । आज अन्तराष्ट्रिय जातिय विभेद उन्मुलन दिवस रहेको छ । यही सन्दर्भमा मानवअधिकार तथा शान्ति समाजद्वारा शान्तिपूर्ण विरोध प्रदर्शन गरेको छ ।

दण्डहिनता नै जातिय विभेदको जड मुल नारासहित विहान ८ बजे देखी ९ बजेसम्म एक घन्टा दलित अधिकार मानव अधिकारको विषयमा कार्यक्रम सञ्चालन भएको यस कार्यक्रमका संयोजक तथा सहजकर्ता काठमाडौं मानव अधिकार तथा शान्ति समाजका सचिव ईश्वर पुडासैनीले जानकारी दिनुभयो ।

उक्त शान्ति पूर्ण विरोध प्रदर्शनमा मानव अधिकारकर्मी लगायत समाजिक अभियन्ताहरुको उपस्थितिमा विभिन्न प्ले कार्डहरु बोकी जातिय विभेद उनमुल्न दिवासमा एकेवद्धता जनाउन विभिन्न व्यत्तित्वहरु उपस्थित भएको सचिव पुडासैनीले बताउनुभयो ।

जातीय विभेदको जड नै दण्डहिनता र जातीय विभेद विरुद्ध अन्तराष्ट्रिय प्रदर्शनीमा ५० भन्दा वढिको सहभागिता जानाएका छन् ।

उक्त कार्यक्रमको आयोजना मानव अधिकार तथा शान्ति समाज काठमाण्डौं शाखाले आयोजना गरेको हो ।

विरोध प्रदर्शन कार्यक्रममा प्रमुख अतिथिका रुपमा दलित अभियन्ता तथा प्रदेश सांसद कल्पना नेपाली रहनुभएको छ । साथै कार्यक्रममा विशेष अतिथिका रुपमा प्रदेश सांसद छिरिङ दोर्जे लामा लगायत विशेष अतिथि नेपाल दलित विद्यार्थी सङ्घका केन्द्रीय सभापति राजु सुनार तथा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीको सहभागिता जनाएका थिए ।

कार्यक्रममा शान्ति समाजका पूर्व तथा वर्तमान पदाधिकारीहरु मध्ये वक्ताका रुपमा उत्तम पुडासैनी, होमकान्त चौलागाई, रामकृण्ण बराल, कुमार राज सुवेदी लगायतले बोल्नु भएको थियो । साथै उक्त विरोध कार्यक्रमका संयोजकका र सहजकर्ताका रुपमा नानीकाजी गिरी र ईश्वर पुडासैनीले गरेका छन् ।

उक्त कार्यक्रममा दलितका मानव अधिकारका कुरा गर्दै मन्दिर बनाउनेले मन्दिर प्रवेश गर्न नपाउने, जुत्ता बनाउनेहरु नाग्ङै खुट्टा हिडिरहेका छन् । लुगा सिलाउनेहरु नाग्ङै हिड्न बाध्य भएको कुरा स्मरण भएको थियो ।

विभिन्न समाजिका अभियन्ताहरुले यस दिवासमा विरोधका तुल तथा प्ले कार्डहरु बोकेका थिए । विभिन्न प्ले कार्डहरुमा मानव अधिकार दलित अधिकार , सवैका लागि सवै अधिकार, जातिय विभेद समाजिक अपराध हो ,जातिय छुवाछुद अन्त्य गरौं मानवअधिकार रक्षा गरौं लगायतका प्ले कार्डहरु बोकेका थिए ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment