विमान चढ्दा यसरी लडे बाइडेन (भिडियो)

०७ चैत, एजेन्सी । अमेरिकाका राष्ट्रपति जो बाइडेनको एउटा भिडियो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ । सोसल मिडियामा भाइरल यो भिडियोमा बाइडेन विमानको सिंढीमा चढ्दै गर्दा लडेको देख्न सकिन्छ ।

उनलाई चोट भने नलागेको बताइएको छ । बाइडेन शुक्रवार एटलान्टाको भ्रमण गर्ने क्रममा यसरी लडेका थिए ।

उनी एयरफोर्स वनको सिंढी चढिरहेका थिए । त्यहि बेला सन्तुलन बिग्रियो र उनी तीन पटकसम्म लडे ।

अन्तिममा दुवै तर्फको रेलिङ्ग समाते र विमान भित्र सुरक्षित प्रवेश गरे ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment