खोप लगाएको दुई दिनपछि पाकिस्तानका प्रधानमन्त्रीमा कोरोना संक्रमण देखियो

०७ चैत, एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान कोरोनाविरुद्धको खोप लगाएको दुई दिनपछि कोरोना संक्रमित भएका छन् ।यो कुरा प्रधानमन्त्रीका विशेष सहायक डाक्टर फैसल सुल्तानले एक ट्वीटमार्फत पुष्टि गरेका छन् ।

डाक्टरका अनुसार प्रधानमन्त्री हाल क्वारेटीनमा छन् । डाक्टरहरूले खोप लागू गरेपछि एन्टिबडीहरू बनाउन हप्ता लाग्ने बताएका छन्।

प्रधानमन्त्री इमरानले लिएको खोप चीनको साइनिफॉर्म भ्याक्सिन रहेको बीबीसीमा उल्लेख छ। यसको दोस्रो डोज २१ दिन पछि फेरि लिनुपर्ने जनाइएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthImran KhanLockdownnepalNewsPakistanPolitic
Comments (0)
Add Comment