महिलालाई खाल्डोमा पुरि फरार रहेका जेसीबीका चालक पक्राउ

०७ चैत, धादिङ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका-१ बस्ने ४० वर्षीया सरस्वती कुमाललाई खाल्डोमा पुरि फरार भएका प्रदेश ३-०१-००३ क ६५६४ नम्बरको जेसीबीका चालक सल्यान छायाक्षेत्र गाविस-९ घर भई हाल छत्रेश्वरी गाउँपालिका-६ रानागाउँ बस्ने जिवन भन्ने २२ वर्षीय भिम बहादुर बुढाथोकीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

त्रिपुरासुन्दरी गाउँपालिका-१ खोल्सीस्थित सडकखण्डमा सडक मर्मत गर्दै गर्दा माटो फाल्ने क्रममा सरस्वतीलाई माटो फाल्ने बकेटले ठक्कर दिई सोही ठाउँमा माटोले पुरि घटनास्थलबाटै फरार भएका चालक भिम बहादुरलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले नेपाल भारत सिमास्थित कञ्चनपुरको गड्डा चौकीबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment