ग्लोबल आईएमई बैंकको एटिएम मेसिन टाेडफाेड

६ चैत्र,काठमाडौं – ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

राजधानीकको कान्तिपथबाट एटिएम मेसिन फुटाउँदै गरेको अवस्थामा एक जना पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत गोरखपुर घर भइ हाल काठमाडौं ठमेलमा बस्ने २२ वर्षीय दिलसाद आलम रहेको प्रहरीले जनाएको छ ।

आज बिहान करीव साढे २ बजे काठमाडौं महानगरपालिका – २६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटिएम मेसिन फुटाएको अभियोगमा उनी पक्राउ परेका महानगरीय प्रहरी वृत्तले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment