चोरी अभियोगमा थाङपालधापका एक जना पक्राउ

०६ चैत, काठमाडौं । २० हजार नगद बराबरको धनमाल चोरी गरेको आरोपमा ईलाका प्रहरी कार्यलय मेलम्चीले आज एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचपोखरी थाङपालधाप गाउँपालिका ७ बस्ने १९ बर्षका सुकवीर तामाङ रहेको ईलाका प्रहरी कार्यलय मेलम्चीका सार्वजानिक गरेकाे छ

मेलम्ची २ भोटेचौरमा रहेको मणी प्रसाद खतिवडाको पसलको ढोका फोरेर विभिन्न खाद्य सामाग्री, रुख काट्ने आरा सहित रिचार्ज कार्ड र नगद चोरी गरेको अभियोगमा उनलाई पक्राउ गरिएको तामाङले जानकारी दिनुभयो ।

अनुसन्धान पछि चोरी गरेको प्रमाण सहित पक्राउ परेका सुकुवीरलाई चोरी सम्बन्धी कसुरमा जिल्ला अदालत सिन्धुपाल्चोकमा म्याद थप गर्न पठाईएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment