सुनको आपूर्ति बढाउन तयार छौंः राष्ट्र बैंक

 ०६ चैत, काठमाडौं । नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर डा.नीलम ढुंगाना (तिम्सिना)ले सुनको आपूर्ति बढाउन राष्ट्र बैंक सकारात्मक रहेको बताउनुभएको छ ।

नेपाल सुनचाँदी ब्यवसायी महासंघका पदाधिकारीहरुसँगको बुधबारको भेटमा बरिष्ठ डेपुटी गभर्नर डा. ढुंगानाले कोटा वृद्धि गर्न राष्ट्र बैंक तयार बताउनुभएको हो । उहाँले बजारमा देखिएको अभाव हटाउन आवश्यक तयारी भैरहेको बताउनुभयो ।

व्यवसायीले अहिले बजारमा दैनिक ३० किलोको हाराहारीमा सुनको माग रहेकोले सोही परिमाणमा सुन उपलब्ध गराउन माग गरेका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment