विश्वमा कोरोनाभाइरसका कारण २७ लाख बढीको ज्यान गयो, १२ करोड बढी संक्रमित, निकाे हुने ९ कराेड माथि

०६ चैत, काठमाडौँ । विश्वमा कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २७ लाख १ हजार ९०७ पुगेको छ ।

वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसको ताजा अपडेटनुसार, विश्वमा भाइरसबाट १२ करोड २३ लाख ३८ हजार ७७५ व्यक्ति संक्रमित हुँदा ९ करोड ८६ लाख ३० हजार ८२१ जनाले भाइरसलाई जितेका छन् ।

विश्वमा अहिले कोरोनाको सक्रिय संक्रमण २ करोड १० लाख ६ हजार ४७ जनामा छ । तर थप ८९ हजार ११७ को अवस्था भने गम्भीर रहेको छ ।

नेपाल इन्फोको रेंकिङनुसार खराब ५० औँ नम्बरमा छ । अहिलेसम्म ३ हजार ५० जनाको मृत्यु भइसकेको छ । देशमा १ हजार सक्रिय संक्रमण रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment