शुक्रबार बस्ने प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले दुईवटा प्रतिवेदन पेश गर्नुहुने

०५ चैत्र, काठमाडाै‌ । प्रतिनिधिसभाको भोली शुक्रबार बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वटा वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची तयार भएको छ । संघीय संसद सचिवालयले आज सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा सो प्रतिवेदन पेश गर्ने कार्यसूची तय भएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले लोक सेवा आयोगको ६१ औं वार्षिक प्रतिवेदन २०७७ र राष्ट्रिय मानवअधिकार आयोगको आ।व। २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गर्नुहुने कार्यसूची रहेको सचिवालयका महासचिव डा. भरतराज गौतमले जानकारी दिनुभयो ।

अन्य कार्यसूचीमा सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम २१० को उपनियम ९४० बमोजिम प्रतिनिधिसभा सदस्यहरुबाट प्राप्त अनुपस्थितिको सूचनाहरु स्वीकृतिका लागि बैठकमा प्रस्तुत गर्नुहुनेछ ।

सोहीअनुसार सभामुख सापकोटाले राष्ट्रिय सभाका पूर्व सदस्य एवम् संविधानसभा सदस्य अशोक कोइरालाको निधनमा शोक प्रस्ताव बैठकमा प्रस्तुत गर्नुहुने कार्यसूची तय गरिएको छ । कोइराला २०५८ सालको राष्ट्रिय सभा सदस्य, २०६३ को पुनस्र्थापित प्रतिनिधिसभा सदस्य र २०७० सालमा संविधानसभा सदस्य हुनुहुन्थ्यो ।
नेपाली काँग्रेसको तर्फबाट उहाँ संविधानसभामा समानुपातिक सदस्य रहनुभएको थियो । कोइरालाको चैत ४ गते राती उपचारकै क्रममा ७१ वर्षको उमेरमा निधन भएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment