अन्नपूर्ण पोस्ट दैनिकका पत्रकारद्वारा समुहिक राजिनामा

०५ चैत्र, काठमाडौं । विभिन्न पेशा व्यावसायमा आवद्ध मिडिया मालिक रामेश्वर थापाद्वारा सञ्चालित अन्नपूर्ण पोस्ट दैनिकका २८ जना पत्रकारले समुहिक राजिनामा दिएका छन् । एक बर्ष देखि बिस बर्ष सम्म जस्ताे सुकै कठिन अवश्थामा पनि नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रा.लिमा साथ दिदै आएका थिए।

आफ्नाे पेसामा मर्यादित भएर बिभिन्न घाम-पानी नभनि, प्रकृतिक प्रकाेप भुक्मप, माहामारी जस्ताे समयमा साथ दिएका यि श्रमजीवी पत्रकारकाे श्रम नै खाेसि दिएका छन् मिडिया मालिक रामेश्वर थापा र अन्नपूर्ण पोस्ट दैनिकक सम्पादक अखण्ड भण्डारीले । हाे श्रमजीवी पत्रकार अरुकाे बिरुद्व र कलमकाे प्रतिकार गर्ने पत्रकार नै अन्यमा पर्नु कत्तिकाे न्याचित हाेला?

केही वर्षअघि अन्नपूर्ण पोस्ट दैनिकको सम्पादक भएका अखण्ड भण्डारी समेतले राजिनामा दिन दबाव दिएको राजिनामा दिने पत्रकारहरुले जनाएका छन् । उनीहरुले दशैंदेखि हालसम्म तलब भत्ता समेत नपाएको खुलाशा भएको छ । माथिको निर्देशन भन्दै सम्पादक अखण्ड भण्डारीले पत्रकारहरुलाई राजिनामा दिन दबाव दिँदै आएको सामुहिक राजिनामा पत्रमा उल्लेख छ ।

राजिनामा दिनेहरुमा विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे रहेका छन् । उनीहरुले दबाव स्वरुप सामुहिक राजिनामा दिएको बताएका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment