सहकारीको करोडौँ रकम लिएर श्रेष्ठ फरार

०५ चैत, काठमाडौं । काठमाडौँको इन्द्रचोकमा रहेको ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्था लि. र ललितपुरको कुमारीपाटीमा रहेको गुडविल बचत तथा ऋण सहकारी संस्था लिका अध्यक्ष दिवाकर श्रेष्ठ सर्वसाधारणले जम्मा गरेको करोडौँ रकम लिएर फरार भएका छन् ।

दुवै सहकारीका अध्यक्ष रहेका श्रेष्ठसँगै सहकारी संस्थाका कर्मचारीहरू समेत सहकारीका सेयर सदस्यले जम्मा गरेको बचत रकम लिएर भागेका हुन् ।

हाल दुवै संस्थाका कार्यालयहरू बन्द रहेका छन् । स्रोतका अनुसार ओम वटु गुडविल बचत तथा ऋण सहकारी संस्थाले मात्र वचत कर्ताको एक सय करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ भने ललितपुरको गुडविल बचत तथा ऋण सहकारी संस्थाले पनि ७५ करोडभन्दा बढी रकम फिर्ता गर्न बाँकी छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment