लालगद्धारलाई गृह मन्त्री खाउ भनेर दिएँ, अहिले धोका भयोः प्रचण्ड

०५ चैत, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमालेमै रहेका पूर्वमाओवदीप्रति कडा टिप्पणी गरेका छन् ।

सिन्धुली पुगेर अध्यक्ष प्रचण्डले सिध्दिइसकेका व्यक्तिलाई अघि सार्दा आफूले धोका पाएको बताए । आज बिहान आयोजित पत्रकार सम्मेलनमा उनले भने,
पार्टीमा पनि फटाहालाई बढी विश्वास भयो । मैले नियतले त होइन तर गर्ने बेलामा अलि बुद्धि पुर्‍याइनँ । सकिइसकेको मान्छेलाई स्थायी समितिमा लगेँ । आत्मसमीक्षा गर्नैपर्ने देखेँ ।

उनले भने, आएर रोएपछि मन्त्रीमा पठाएँ । अहिले महंगो मन्त्रीको रुपमा बिक्री भए । अर्का लालगद्धारलाई लौ गृह मन्त्री खाउ भनेर दिएँ । त्यहाँबाट पनि धोका भयो ।”

फागुन २३ गते सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएपछि पूर्वमाआवादी रामबहादुर थपा बादल, टोपबहादुर रायमाझि, लेखराज भट्ट, मणी थापा गौरीशंकर चौधरी लगायतका नेताहरु एमालैमै रहेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment