संक्रमण बढेपछि फिलिपिन्समा विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध

०५ चैत्र, मनिला(सिन्ह्वा) । फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रामा प्रतिबन्ध लगाइएको छ ।

फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरूमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ ।

विदेशी नागरिकलाई फिलिपिन्सभित्र छिर्न नदिइने र त्यहाँ रहेका विदेशीहरुलाई पनि बाहिर जानका लागि यात्रा अनुमति नदिइने सरकारी अधिकारीहरूले जनाएका छन् ।

यो अस्थायी प्रकृतिको यात्रा प्रतिबन्ध यही मार्च २० देखि आगामी अप्रिल महिनाको १९ तारिखसम्म गरिने छ । सरकारको यो यात्रा प्रतिबन्धको कडा रुपमा अनुगमन गर्नका लागि एक कार्यदल बनाइएको छ ।

सो कार्यदलले यस यात्रा प्रतिबन्धको अनुगमन गर्ने र आवश्यकताको आधारमा एक दिनमा बढीमा एक हजार ५०० जना मात्र विदेशी नागरिकलाई हवाई उडानमार्फत् फिलिपिन्स आउन दिने बताइएको छ ।

यो यात्रा प्रतिबन्धले फिलिपिन्स जाने तथा बाहिर जाने सरकारी कर्मचारीहरु, कूटनीतिज्ञहरु, वैदेशिक रोजगारका लागि विदेश गएका फिलिपिन्सका नागरिक आदिका लागि भने लागू नहुने बताइएको छ ।

फिलिपिन्समा पछिल्लो समयमा कोभिड १९ का धेरै संक्रमितहरु देखिन थालेका छन् । विदेशबाट आएका नागरिकमा यसको संक्रमण बढी देखिएपछि यो यात्रा प्रतिबन्ध लगाइएको हो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment