कर्णालीबाट चुलियकाे पुर्व (नेकपा) काण्ड अन्ततः कर्णालीबाट पतन हुने संकेत

०४ चैत, काठमाडौं । कर्णालीबाट चुलियकाे पुर्व (नेकपा) काण्ड अन्ततः कर्णाली प्रदेशबाट नै पतन हुने संकेत बाहिरिएकाे छ। नेपाल कम्यूनिष्ट पार्टी (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

बुधबार बसेको एमाले संसदीय दल कर्णाली प्रदेशको बैठकले माओवादी केन्द्रलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको हो । एमालेको सर्मथनमा प्रदेशको मुख्यमन्त्रीमा महेन्द्र बहादुर शाही मुख्यमन्त्री बनेका थिए। पछिल्लो समय विकसित राजनितिक घटना क्रम र सर्वोच्वले पार्टी एकिकरण खारेज गरेर एमाले र माओवादी केन्द्र यथावतमा राखि दिए पछि यसले प्रदेशसम्म प्रभाव पारेको हो ।

एमाले संसदीय दलका सचेतक गुलाबजंग शाहले एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको जानकारी दिए । कर्णाली प्रदेश सरकारमा एमालेबाट अहिले तीन जना मन्त्री छन् । उनीहरुलाई पनि फिर्ता बोलाउने निर्णय भएको उहाँले जानकारी दिए ।

एमाले संसदीय दलको बैठकमा भने माधव नेपाल पक्षका प्रदेशसभा सदस्यहरु उपस्थित भएका थिएनन् । सभामुख बाहेक एमाले संसदीय दलमा १९ जना प्रदेशसभा सदस्य छन् । जस मध्य बुधबारको बैठकमा १० जना सहभागि भएका थिए । बैठकमा बहुमतको संख्या उपस्थित भएको उने बताए । नेपाल पक्षका प्रदेशसभा सदस्य पदमा खड्का र पदम बहादुर रोकाय केपी शर्मा ओली पक्षमा आइसकेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment