तास खेलिरहेको अवस्थामा १५ जना पक्राउ

०४ चैत, भक्तपुर। भक्तपुर, सूर्यबिनायक नगरपालिका-६ कटुन्जे बस्ने राजेश केसीको घरमा तास खेलिरहेको अवस्थामा केसी समेत ७ जनालाई ४८ हजार ४ सय ८० नेपाली रुपैयाँ, ७ सय १० भारतीय रुपैयाँ र ७२ पत्ती तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कटुन्जेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।


नुवाकोट, विदुर नगरपालिका-४ ताति बस्ने रन्जी शेर्पाको घरमा तास खेलिरहेको अवस्थामा बेलकोटगढी नगरपालिका-१३ बस्ने ३९ वर्षीय शम्भु अधिकारी समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय नुवाकोट र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनीहरुलाई तास खेलिरहेको अवस्थामा नगद १ लाख १८ हजार ५ सय रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

crimedigitalkhabar
Comments (0)
Add Comment