मुलपानीमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

०४ चैत, काठमाडौं । काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–६ मुलपानीमा हिजो साँझ मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काठमाडौं महानगरपालिका–६ घर भई चाँगुनारायण बस्ने २७ वर्षीय सुरज कुईंकेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका कुईंकेलको नेपाल मेडिकल कलेज अत्तरखेल जोरपाटीमा उपचारको क्रममा साँझ ६ बजे मृत्यु भएको हो ।

मुलपानी भक्तपुर सडकखण्डमा बा ५ ख १८२ नम्वरको मिनी ट्रकले प्रदेश ३–०२–०१२ प ५८४२ नम्बरको मोटरसाइकललाई हिजो साँझ करिव साढे पाँच बजे ठक्कर दिएको थियो । ठक्कर दिने ट्रकसहित चालकलाई महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment