अवैध लागूऔषध सहित पक्राउ

०३ चैत, काठमाडौं । काठमाडौं महानगरपालिका-२९ घर भएका मनिष श्रेष्ठ र झापा बाह्रदशी गाउँपालिका-३ घर भएका ३५ वर्षीय प्रतिक रिजाललाई २५.५ ग्राम अवैध लागूऔषध खैरो हेरोइन र नगद ९० हजार रुपैयाँ सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनिषको घरको कोठामा तलासी गर्दा उक्त खैरो हेरोइन र नगद सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

साथै उक्त घटनाको थप अनुसन्धान गर्ने क्रममा काठमाडौं महानगरपालिका-२३ घर भएका ३५ वर्षीय रमेश शाक्यले उक्त नगद रिजाललाई मनिषसँग लागूऔषध खैरो हेरोइन खरिद गर्नका लागि दिएको खुल्न आएपश्चात शाक्यलाई समेत काठमाडौं बुढानिलकण्ठ नगरपालिका-७ गल्फुटारस्थित सडकबाट पक्राउ गरेको छ । उनीहरु उपर लागूऔषध खैरो हेरोइन मुद्दामा म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको उक्त व्यूरोले जनाएको छ ।

साथै झापा, मेचीनगर नगरपालिका-६ बाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित ईलाम, ईलाम नगरपालिका-२ बस्ने २५ वर्षीय मन्दिप श्रेष्ठलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरीले जाँच गर्दा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


मोरङ, सुन्दरहरैचा नगरपालिका-४ बलिया चोकबाट करिब २ ग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सुनसरी ईटहरी उपमहानरपालिका-५ बस्ने ४१ वर्षीय पदम बहादुर तामाङ र सोही ठाउँस्थित कलाबञ्जर बराहक्षेत्र गाउँपालिका-५ बस्ने ३३ वर्षीय राम कुमार चौधरी रहेका छन् ।

अस्थाई प्रहरी चौकी बलियाबाट खटिएको प्रहरीले उनीहरू सवार को.२७ प ६६९२ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment