भारतकाे ईशाराः प्रधानमन्त्री ओलीले बालुवाटारमा नेकपा एमालेका बरिष्ठ नेता नेपालाई किन बोलाए!

०२ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालाई भेट्न बोलाएका थिए। उक्त भेटलाई बरिष्ठ नेता माधव कुमार नेपालले अस्विकार गरीदिए ।

उनले बालुवाटारमा भेट्न नमानेपछि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा नेपाललाई भेट्न ओली स्वयं जाने जानकारी बाहिरीयाे। पछिल्लाे समय निकै काडा सैलिमा उत्रिएका प्रधानमन्त्री ओली हिजाे र आजमा निकै तनावमा देखिन्छन्। एक स्राेतले जानकारी दिए अनुसार भारतकाे निकै ठुलाे दवाव छ प्रधानमन्त्री ज्युलाई भने।

तीब्र विवादका कारण समानान्तर कमिटी गठनको अवस्थामा पुगेका नेपाल र ओलीबीच भेट हुने भएको हो । करिब ४ महिनापछि उनीहरुबीच भेट हुने भएको हो ।

प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि सरकारको विरोधमा रहेका नेपाल सडक प्रदर्शनमा समेत अग्रमोर्चामा थिए । सर्वोच्च अदालतले नेकपा विघटन गरि पूर्व एमाले र माओवादी केन्द्र दुई अलग-अलग पार्टी पुन ब्युँतिएका थिए । नेता नेपालले ओलीलाई एक्लै भेट्न समेत अस्विकार गरेका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा हुने वार्तामा अध्यक्ष ओली सहित महासचिव ईश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल र सचिव प्रदिप ज्ञवाली सहभागी हुनेछन् । अर्को पक्षबाट झलनाथ खनाल र माधव नेपालसहित अन्य दुई नेता सहभागी हुने भएका छन् । माधव नेपाल पक्षले आइतबारमात्रै ओलीविरुद्ध संयुक्त वक्तव्य जारी गर्दै कम्युनिस्ट आन्दोलन विसर्जन गर्न लागेको आरोप लगाएको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment