जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

०२ चैत, काठमाडौं । पर्सा, १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारा जितपुर सिमरा उपमहानगरपालिका-१० बेहरा टोल बस्ने ३० वर्षीय रमेश हजरा पासवानलाई गत शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

ती किशोरीलाई विवाह गर्छु भनी विश्वास दिलाई वीरगंजस्थित एक लजमा लगि पटक-पटक जबरजस्ती करणी गरी गर्भ बोकाएको भनी फागुन २१ गते प्राप्त जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जिल्ला अदालत पर्साबाट ७ दिन म्याद भई अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।


साथै स्याङजा, १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा हरिनाश गाउँपालिका-७ अर्गली बस्ने ३३ वर्षीय भेल बहादुर थापालाई प्रहरीले पक्राउ गरेको छ ।

थापाले ती बालिकालाई कात्तिक १२ गते साँझ जबरजस्ती करणी गरी गर्भवती समेत बनाएको भन्ने जाहेरीको आधारमा जिल्ला प्रहरी कार्यालय स्याङजाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत स्याङजाबाट ५ दिन म्याद थप अनुमती लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङजाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment