मुलुकको निकास अव नेपाली काँग्रेसको काधमा ; सभापति देउवा नेपाली कांग्रेस

श्यामल कुमार गिरी

०२ चैत, बारा । नेपाली काँग्रेसका पार्टी सभापति एवम पूर्व प्रधानमन्त्रि शेरबहादुर देउवाले मुलुकको निकास अव नेपाली काँग्रेसको काधमा जिम्मेवारी आएको बताएका छन् ।

बारा निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा ख को बेलदारीमा स्व खुमबहादुर खड्काको स्मृतिमा आयोजित अन्तराष्ट्रिय कुस्ती प्रतियोगिताको बेलदारीमा आईतवार उदघाटन गर्दै सभापति देउवाले मुलुक अहिले गम्भिर मोडमा रहेको हुदा नेपाली जनताको चहनालाई सकार गरिनुपर्छ ।

देउवाले दिगो शान्ति स्थपना गर्दै देखिएको अन्यौलतालाई चिरदै सहमति, सहकार्य र एकताको माध्यमबाट प्रजातन्त्रमा बिस्वास गर्ने सम्पुर्ण लोकतान्त्रिक शतिहरुलाई मिलेर अगाडी बढनेमा काँग्रेस तत्पर रहेको कुरामा जोड दिए लोकतन्त्र जिवन्त रहे लोकतान्त्रिक पार्टीहरुको भविश्य रहने कुरामा जोड दिए ।

साथै सभापति देउवाले केहि शक्त्तिहरुले संविधानलाई गौन गरि मुलुकमा अधिनायकवाद लाध्न खोजी रहेको हुदा संविधानको रक्षाका लागि काँग्रेस पुर्णरुपमा प्रतिवद्ध रहेको बताउनुभयो ।

देशलाई अहिले काँग्रेसको खाचो रहेको हुदा हामी सबै काँग्रेस पार्टीको एक स्वर हुन जरुरी रहेको बताउदै नेपाली जनताको विस्वास र भरोसा काँग्रेसपार्टीले दिनुपर्ने बेला आएको स्मरण गर्दै बिकास, समृद्धि संगसंगै बिधीको शासन कायम गरि भष्टाचारमुत समाजको परिकल्पना गर्नु नै मुलुकका लागि हितकर हुनेमा जोड दिए नेपाली काँग्रेस पार्टी कुनै पदको लोभी नभएको चर्चा गर्दै देशमा देखिएको अन्यौतालाई चिरन यदि काँग्रेसको आवश्कयता महसुुस भएको खण्डमा नेपाली काँग्रेसले जस्तो सुकै मोर्चा समाल्न सक्नका लागि तयार रहेको प्रष्ट पारे ।

आफुले दावी नगर्ने तर काँग्रेसलाई प्रधानमन्त्रि बनाउन यदि पार्टीहरु सहमति भयो भने देश र जनताका लागि सो पद लिन काग्रेस अस्वीकार नगर्ने बताउनुभयो ।

खेलकुद बिभागका केन्द्रिय सदस्य मणिभुषन यादवको अध्यक्षतामा सम्पन्न सो उदघाटन कार्यक्रममा पूर्व मन्त्रि मोहन बस्नेत, फरमुल्ला मंसुर, उमाकान्त चौधरी, नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरु बृजलाल यादव, राधेचन्द्र यादव, जिल्ला सभापति जयचन्द्र चौरसिया लगायतकाले मन्तब्य व्यक्त गरेका थिए कार्यक्रमको संचालन पत्रकार निलिमा पौडेलले गरेकी थिईन । अन्तराष्ट्रिय प्रतियोगितामा नेपाल र भारतका दर्जनौ कुस्ती खेलाडीहरुको सहभागिता रहेको थियो प्रतियोगिता भने चैत्र ०२ गते सम्म चल्ने भएको हो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment