कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै

०२ चैत, काठमाडौं । सभामुख अग्नि प्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलोपटक कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको छ ।

सभामुख अग्नि सापकोटाले प्रतिनिधिसभा बैठकको कार्यसूची तय गर्न दिउँसो २ बजे कार्यव्यवस्था समितिको बैठक बोलाएका हुन् । प्रतिनिधिसभाको बैठक चैत ३ गते बस्दैछ ।

आजको बैठकमा नेकपा एमाले, माओवादी केन्द्र, कांग्रेस र जसपाका प्रतिनिधिलाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ ।

पुस ५ गते सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदम विरुद्ध परेको रिटलाई सर्वोच्च अदालतले सदर गरे पछि फागुन २३ र २६ गते प्रतिनिधिसभा बैठक बसेपनि कार्यव्यवस्था समितिको बैठक बस्न सकेको थिएन।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment