बौद्धबाट बरामद साढे २ केजी युरेनियम कच्चा भएको पुष्टि !

०१ चैत, काठमाडौँ । राजधानीको बौद्धबाट बरामद भएको युरेनियम कच्चा भएको पुष्टि भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) मा परीक्षण गर्दा कच्चा युरेनियम रहेको पुष्टि भएको हो ।

प्रशोधित युरेनियम हुन ‘यु–२३५’ हुनुपर्नेमा नास्टको परीक्षणमा कच्चा ‘यु–२३८’ रहेको पुष्टि भएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी हरिबहादुर पालले जानकारी दिए ।

नास्टका सिनियर साइन्टिफिक अफिसर डा. बुद्धराज शाह र साइन्टिफिक असिस्टेन्ट विपिन रिजालले गरेको परीक्षण यस्तो पुष्टि भएको हो ।
बिहीबार काठमाडौं महानगरपालिका–६ बौद्धबाट महानगरीय प्रहरी कार्यालयको टोलीले साढे २ किलो ‘युरेनियम’ सहित ४ जनालाई पक्राउ गरेको थियो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment