एपीएफ टोलीद्वारा श्रोत नखुलेको रुपैयाँसहित भारतीय नागरीक पक्राउ


०१ चैत्र, पर्सा । पर्सा जिल्लाको विरगंज महानगरपालिका १६ शंकराचार्य गेट ईलाकाबाट फागुन २९ गते एपीएफ टोलीले श्रोत नखुलेको १९ लाख ५१ हजार १ सय २० नेपाली रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको पूर्वी चम्पारण जिल्ला रक्सौल नगरपालिका २१ घर बताउने ३६ बर्षिय राजेशकुमार साह छन् ।

उनलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट बिरगंजबाट खटिएको एपीएफ टोलीले पक्राउ गरेको हो ।

भारतबाट नेपालतर्फ आउँदै गरेका निज साहलाई एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनले शरीरमा बाँधेर लुकाई छिपाई ल्याउँदै गरेको उल्लेखित रुपैयाँ फेला परेपछि पक्राउ गरिएको हो ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment