कोभिड, स्कूल र बालबालिका: कस्तो छ जोखिम?

२९ फागुन, बीबीसी । इङ्ग्ल्यान्डमा सोमवारदेखि सबै विद्यार्थीका निम्ति विद्यालयहरू खुल्दैछन। स्कटल्यान्ड र वेल्समा यसअघि कक्षाकोठा खुलिसकेका छन्।

तर बालबालिका माझ कोरोनाभाइरस सङ्क्रमणबारे हामीसँग के जानकारी छ, अनि विद्यालय खुल्दा उनीहरूलाई, शिक्षकहरूलाई तथा बाँकी समुदायलाई के जोखिम छ?

बालबालिका तथा किशोरकिशोरीलाई कति जोखिम?

यो भाइरसका कारण बालबालिका गम्भीर बिमारी हुने सम्भावना अत्यन्तै कम छ। विभिन्न नयाँ र थप सङ्क्रामक प्रकारका भाइरसको हकमा पनि यही लागु भएको देखिन्छ।

जाडो याममा बालबालिकामा सङ्क्रमणको सङ्ख्या बढ्यो तर गम्भीर बिरामी भएर अस्पताल हुनुपरेका घटनामा उल्लेखनीय वृद्धि भएको पाइएन।

“समुदायमा सङ्क्रमण बढ्दा बालबालिकामा पनि त्यो सङ्ख्या थोरै बढ्छ। तर अधिकांश बालबालिका तथा किशोरकिशोरीलाई कुनै लक्षण देखिँदैन वा अत्यन्त साधारण लक्षण देखिन्छ,” रोयल कलेज अफ पेडियाट्रिक्स एन्ड चाइल्ड हेल्थका प्राध्यापक रसेल भाइनरले भने।

के बालबालिकाले कोभिड सार्छन्?

प्राथमिक विद्यालयका विद्यार्थीहरूमाझ हेर्दा सीमित स्तरमा सङ्क्रमण फैलिएको प्रमाण पाइएको छ।

तर किशोरकिशोरी – खासगरि बढी उमेरका किशोरकिशोरी – को हकमा उनीहरूले सम्भवत: अन्य वयस्कहरूले जस्तै गरि भाइरस सार्छन्।

इङ्ग्ल्यान्डमा कोभिड सङ्क्रमणको दोस्रो लहर वा जाडोयामको सुरुमा स्कूले विद्यार्थी तथा किशोरकिशोरीमा अन्या उमेर समूहका मानिसहरूभन्दा निकै द्रुत गतिमा सङ्क्रमण फैलिएको पाइयो – शायद उनीहरूको जमघट हुने अवसर धेरै भएकाले हुनसक्छ।

इङ्ग्ल्यान्डमा नोभेम्बरको लकडाउनताका विद्यालयहरू खुला थिए र सामान्य रूपले चलेका थिए जबकी अन्य व्यवसाय बन्द थिए।

कोरोनाभाइरस फैलाउन विद्यालयहरूको भूमिका कस्तो छ?

यसको जबाफ कठिन छ। जब विद्यालयहरू खुला हुन्छन् तब खासगरि माध्यमिक तहका विद्यार्थीहरूमा बढी सङ्क्रमण हुन्छ। साथै विद्यालयमा छुट्टी हुँदा सङ्क्रमण घटेका सङ्केत पनि देखिएका छन्।

तर बालबालिका कक्षाकोठाबाट नै भाइरसबाट सङ्क्रमित भएका हुन् वा बसमा आउजाउ गर्दा वा विद्यालयपश्चात् साथीहरूसँग खेल्दा सरेको हो भनेर यकीन भन्न कठिन छ।

विद्यालयहरूमा हुने सङ्क्रमण दर बाहिर समुदायमा हुने सङ्क्रमण दरसँगै तलमाथि हुने गरेको पाइन्छ।

ओएनएसले नोभेम्बरमा इङ्ग्ल्यान्डका १०० वटा स्कूलहरूमा गरेको सर्वेक्षणमा करिब १.२४% विद्यार्थी अनि १.२९% विद्यालय कर्मचारीमा सङ्क्रमण भएको पाइयो। त्यतिखेर बाहिर समुदायमा पनि औसत १.२% मा सङ्क्रमण भइरहेको थियो।

इङ्ग्ल्यान्डकी उपप्रमुख मेडिकल अधिकृत जेनी ह्यारिजका अनुसार विद्यालयहरू समुदायमा सङ्क्रमण बढाउने उल्लेखनीय स्थल होइनन्। तर बालबालिकाले विद्यालयमा वा अन्यत्र सङ्क्रमण भने पक्कै फैलाउन सक्ने उनले बताइन्।

सरकारको वैज्ञानिक सल्लाहकार समूह सेजले विद्यालयहरू खोल्दा भाइरस फैलने दर नाप्ने परिमाण ‘आर’ करिब एक तिहाईले बढ्न सक्ने बताएको छ।

तर यसमा धेरै अनिश्चितता छन् र परीक्षण, मास्कको प्रयोग र भेन्टिलेसनमा यो निर्भर हुन्छ।

शिक्षकहरूलाई कति जोखिम?

अन्य व्यवसायमा लागेकाहरूको तुलनामा शिक्षकहरू बढी जोखिममा भएको पाइएको छैन।

डिसेम्बर महिनामा करिब १५ % शिक्षक तथा विद्यालयका सहयोगी कर्मचारीहरूमा एन्टीबडी पाइएको थियो। उनीहरूको उमेर समूहका अन्य मानिसमाझ त्यो औसत प्रतिशत नै थियो। एन्टीबडी पाइनु भनेको कोभिड सङ्क्रमण भइसकेको भन्ने जनाउँछ।

जबकी अस्पतालका कर्मचारीहरूमा चाहिँ २५ देखि ५० % मा एन्टीबडी पाइएको थियो। कोभिड सङ्क्रमण बेहोरेका आश्रय केन्द्र वा वृद्धवृद्धा हेरचाह केन्द्रमा भने पहिलो लहरको अन्त्यताका दुई तिहाइ वा ६६ % कर्मचारीमा एन्टीबडी भेटिएको थियो।

साथै कोभिडबाट ज्यान गुमाउने सम्भावना शिक्षकहरूमा उनीहरूको उमेर समूहका अरू मानिसको तुलनामा उस्तै देखिएको छ।

राष्ट्रिय तथ्याङ्क कार्यालय (ओएनएस)का अनुसार शिक्षकहरूभन्दा बढ्ता जोखिममा नर्स, सरसफाइ कर्मचारी, सामाजिक कार्यकर्ता, रेस्टुराँ कर्मचारी, ट्याक्सी चालक तथा सुरक्षा कर्मचारीहरू रहेको पाइएको छ।

यसले सम्पूर्ण कहानी बताउँदैन किनभने कुनैपनि मानिसको जातिय पृष्ठभूमि, स्वास्थ्य अवस्था, बासस्थान तथा कार्यस्थलमा पनि धेरै कुरा निर्भर हुन्छ।

शिक्षकहरू औसतमा कम उमेरका अनि स्वस्थ्य हुने गरेको पाइन्छ। अनि धेरै शिक्षक महिला हुने गर्छन्। यी विषयहरूले पनि उनीहरूलाई कम जोखिम भएको समूहमा पार्छ।

५५ वर्षभन्दा माथिका व्यक्तिले कोभिड खोप लगाउँदा ध्यान दिनुपर्ने कुरा

के विद्यालय खोल्नुको प्रभाव हुन्छ?

ओएनएसको स्कूल सर्वेक्षणका प्रमुख अनुसन्धानकर्ता तथा पब्लिक हेल्थ इङ्ग्ल्यान्डका परामर्शदाता डा शामेज लधानीको भनाइमा बालबालिकालाई स्कूलबाट टाढा राखिरहनुको दीर्घकालीन नोक्सानी निकै धेरै हुन्छ, तर स्कूल खोल्नु भनेको शून्य जोखिम चाहिँ होइन।

सेजले नीतिनिर्माताहरूलाई विकोभिड, स्कूल र बालबालिका: कस्तो छ जोखिम?द्यालय खोल्नुको फाइदा र बेफाइदा दुवै विचार गर्न सुझाव दिएको छ।

तिनमा कर्मचारीमा पर्नसक्ने प्रत्यक्ष स्वास्थ्य जोखिम अनि बालबालिकाको मानसिक, शैक्षिक तथा स्वास्थ्य अवस्थामा पर्नसक्ने नकारात्मक असर पर्छन्।

धेरै विज्ञहरू के मा सहमत छन् भने यी विषयहरूमा सन्तुलन ठ्याक्क मिलाउन भने कठिन हुन्छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment