वरिष्ठ पत्रकार सुशील शर्माको मृत्युमा कांग्रेसको शोक व्यक्त्त

२८ फागुन, काठमाडौं । वरिष्ठ पत्रकार सुशील शर्माको मृत्युमा कांग्रेसको शोक व्यक्त्त गरेको छ ।

कांग्रेसले शोक शोक वक्तव्यमा वरिष्ठ पत्रकार सुशील शर्माको काठमाडौंको ओम अस्पतालमा उपचारका क्रममा ६३ वर्षको उमेरमा भएको निधनप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ ।

साथै स्वर्गीय शर्माले लामो समयसम्म बीबीसी नेपाली सेवामा काम गर्नु भएको थियो । उहाँको निधनबाट पत्रिकारिताको क्षेत्रमा अपूरणीय क्षति पुगेको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उहाँको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भन्नु भएको छ— “वरिष्ठ पत्रकार सुशील शर्माको निधनको खबरले मलाई अत्यन्त दुःखीत बनाएको छ ।

स्वर्गीय शर्माले पत्रकारिताको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनु भएको थियो । उहाँको निधनप्रति म गहिरो दुःख व्यक्त गर्दछु । उहाँमा म भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चीर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र मेरो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्दछु ।”उल्लेख गरेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment