विप्लवद्धारा सुरक्षामा प्रहरी फिर्ता, म जनताको विचमा छु !

२८ फागुन, काठमाडौं । सरकारले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा १० जना सुरक्षाकर्मी खटाएको थियोे ।

सरकारसँग सहमतिसँगै फागुन २१ गते सार्वजनिक भएका महासचिव विप्लवलाई प्रहरी निरीक्षकको कमाण्डमा १० जनाको सुरक्षाकर्मी खटाइएको थियोे । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले गृहको निर्देशन अनुसार सुरक्षा व्यवस्था मिलाएको जानकारी दिएका छन् । महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले विप्लवको सुरक्षाका लागि इन्स्पेक्टरको कमाण्डमा टोली खटिएको जानकारी दिए । सरकारले विप्लवको लागि अगुवा गाडि पनि उपलब्ध गराएको थियोे ।

सरकार र नेकपा विच सहमति भए पश्चात् विप्लव राजनीतिक भेटघाट एवम् पार्टी संगठनका काममा सक्रिय हुदै आएका छन् ।
यसैक्रममा पार्टी निकट महिला संगठनको राष्ट्रिय सम्मेलनका लागि कपिलवस्तु पुगेका विप्लवले त्यहाँबाट सुरक्षा फिर्ता गरेको स्रोतले भन्याे ।

महासचिव विप्लवले जनताको विचमा छु,मलाई त्यस्तो छुट्टै सुरक्षा चाहिदैन्,तपाईंहरूलाई धन्यवाद भन्दै फिर्ता पठाउनु भयो स्रोतले भन्यो ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment