तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


२७ फागुन, चितवन । भरतपुर महानगरपालिका-१४ शान्ती बजार बस्ने ३५ वर्षीय दिलीप दराईको घर पछाडी खाली ठाउँमा तास खेलिरहेको अवस्थामा राई सहित ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।


उक्त ठाँउमा तास खेलिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ३७ हजार ५ सय ४० रुपैँया र तास सहित फेला पारी पक्राउ गरेको हो ।


यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment