चितुवाको छाला सहित २ जना पक्राउ

२७ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिका-२ लाजिम्पाट उत्तरढोकाबाट १ थान चितुवाको छाला सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१ लैनचौर बस्ने मोरङ डाँगिआठ गाउँपालिका-३ माझि गाउँ स्थायी वतन भएका २८ वर्षीय माईला भन्ने रञ्जित माझी र काठमाडौं मनमैजु बस्ने वागलुङ निशि खोला गाउँपालिका-३ जिवाखोला स्थायी वतन भएका २२ वर्षीय सन्तोष बुढामगर रहेका छन् ।


चितुवाको छाला अवैध रुपमा ओसारपसार तथा विक्रीवितरण भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त छाला सहित पक्राउ गरेको हो ।


उनीहरूलाई थप अनुसन्धानको लागि जिल्ला वन डिभिजन कार्यालय हातिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment