दैलेखको आठबिस नगरपालिकामा मिनि बस दुर्घटना हुँदा २ जनाको मृत्यु १६ जना धाइते

२७ फागुन, दैलेख । दैलेख जिल्लाको आठबिस नगरपालिका– १ स्यालाघाटमा मिनि बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुर्घटनामा १६ जना घाइते भएका छन् ।


कर्णाली राजमार्गअन्तर्गत पर्ने उक्त ठाउँमा बिहीबार बिहान कालीकोटबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश–०२–००१ ख ०२४७ नम्बरको मिनी बस अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

मृत्यु हुनेमा कालिकोटको शुभकालिका गाउँपालिका–१ भर्ताका अन्दाजी ३७ वर्षीय जितेन्द्रबहादुर शाही र कालिकोटकै नरहरिनाथ गाउँपालिकाका २१ वर्षीय कमल विक रहेका छन् ।


शाहीकाे घटनास्थलमै र बिककाे उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उक्त मिनिबसमा २१ जना यात्रु रहेका थिए ।



मल्टिमिडिया ग्यालरी

digital khabar
Comments (0)
Add Comment