पश्चिमी वायुको प्रभाव कायमै : आजकाे मौसम कस्तो रहला ? हेर्नुहाेस्

२५ फाल्गुन, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेको छ।

हाल पहाडी भूभागहरूमा आंशिक बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो : गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहि बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ।

अपरान्ह पश्चात गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागका एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

राती : देशका पहाडी भूभागहरुमा आंशिक बदली भई बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १ को पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली भई गण्डकी, वागमती र प्रदेश १ का पहाडी भूभागहरुको एक वा दुई स्थानहरुमा मेघ गर्जन र चट्टयाङ सहित वर्षाको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment