नारी दिवसको अवसरमा छात्रालाई साइकल वितरण

२५ फाल्गुन, जनकपुरधाम । प्रदेश २ सरकारले नारी दिवसको अवसरमा पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको छ ।

सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले १११ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा कक्षा ८ का छात्रालाई साइकला वितरण गरेका हुन् ।

प्रदेश सरकारले ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत यस वर्ष २० हजार छात्रालाई साइकल वितरण लक्ष्य राखेको छ ।

आज कार्यक्रमको शुभारम्भ गर्दै धनुषाका २७ वटा सामुदायिक विद्यालयका पन्ध्र सय छात्रालाई साइकल वितरण गरेको कार्यक्रमकी संयोजक प्रियका यादवले जानकारी दिइन् ।

एसिड पीडित साहलाई सम्मान

यसैबीच नारी दिवसको अवसरमा प्रदेश २ सरकारले एसिड पीडित जनकपुरकी आरती साहलाई सम्मान गरेको छ ।

मधेस भवनमा आयोजना गरेको छात्राहरुलाई साइकल वितरण समारोहमा मुख्यमन्त्री लालबाबु राउतले एसिड पीडित साहलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

प्रदेश सरकारले उनलाई मुख्यन्यायधिवक्ताको कार्यालयमा करारमा सहयोगीको जागिर समेत दिने घोषणा गरेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment