नेकपा हटाएर एमालेको कार्यालय स्थापना सुरु

२४ फाल्गुन, काठमाडौं । आइतबार पूर्ववत रुपमा एमाले र माओवादी रहेको भन्ने सर्वोच्च अदालतको फैसलापछि खुसी देखिएको नेकपा ओली समूहका कार्यकर्ताले विराटनगर–११ मोरङमा नेकपा एमालेको कार्यालय स्थापना गरेका छन् ।

सोमबार संस्कृति, पर्यटन मन्त्री भानुभक्त ढकालको उपस्थितिमा ओली समूहका कार्यकर्ताले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को बोर्ड हटाएर नेकपा एमालेको मोरङ जिल्ला कार्यालय लेखिएको बोर्ड राखेका हुन् ।

यसअघि विराटनगर महानगरपालिका–११ पाञ्चालीमा पूर्वएमाले र पूर्वमाओवादी मिलेर बनेको नेकपाको जिल्ला कार्यालय थियो ।

नेकपा विभाजनपछि ओली समूहले गतिविधि बढेको उक्त कार्यालयमा अदालतको फैसलाको भोलिपल्ट नेपाल कम्युनिष्ट पार्टी एमालेको बोर्ड राखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment