सरस्वती माध्यमिक विद्यालयमा विद्यार्थीलाई बृत्ति छनौट बारे योजना बनाउने कार्यक्रम सम्पन्न


२४ फाल्गुन, दाङ । दाङको घोराहीमा रहेको सरस्वती माध्यमिक विद्यालय भरतपुर काठेकोहलमा विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम आज सोमवार सम्पन्न भएको छ । माध्यमिक तहको पढाईको शुरुमै कक्षा ९ मा पढ्ने विद्यार्थीहरुलाई आफूले जीवनमा गर्ने काम बारे बिस्तृत योजना बनाउन सहयोग गर्ने उद्देश्यले आयोजित ६ दिने विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको हो ।

वृत्ति मार्गनिर्देशन कार्यक्रममा कक्षा ९ र १० मा पढ्ने विद्यार्थीहरुलाई विद्यार्थीहरुको क्षमताको पहिचान, रुचि र खुबी अनुसारको बृत्ति छनौट, बृत्ति र जागिरबारे बिस्तृत जानकारी, नेपालको शिक्षा प्रणाली, आफ्नो बृत्ति निर्माण तथा त्यसको कार्यान्वयनका बारेमा जानकारी दिइएको सरस्वती मा.वि. भरतपुरका प्रधानाध्यापक बसन्ता पौडेलले जानकारी दिनुुभयो ।

कक्षा ९ का यो बर्ष ६ दिने कार्यक्रम दिइएको र यिनै विद्यार्थी कक्षा १० मा पुुग्दा थप एक दिनको तालिम दिइने प्रधानाध्यापक पौडेलले जानकारी दिनुुभयो । कक्षा ९ मा अध्ययनरत सवै विद्यार्थीहरुलाई दुुई समूहमा राखेर तालिम दिइएको विद्यालयले जनाएको छ ।

आप्mनो वृत्तिप्रति सचेत नहुँदा विद्यार्थीहरुमा थुप्रै समस्या आएपछि विद्यार्थीहरुमा वृत्तिबारे र आफुलाई उचित हुने वृत्ति पत्ता लगाई सोही बाटोमा अगाडी बढाउने उद्देश्यले बृत्ति मार्ग निर्देशन कार्यक्रम कार्यान्वयनमा ल्याइएको कार्यक्रम कार्यान्वयन संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युट, काठमाडौंका मनोविद् तथा कार्यक्रम निर्देशक सुषमा रेग्मीले जानकारी दिनुभयो ।

१४ देखि १८ बर्षसम्मका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लक्षित गरी कार्यान्वयनमा ल्याएको बृत्ति मार्ग निर्देशन कार्यक्रमबाट विद्यार्थीहरुले आफ्नो लागि सही वृत्ति छान्ने गरेको,बृत्ति–विकासबारे स्पष्ट दृष्टिकोण बनाउने गरेको, आफुले छनौट गरेको वृत्तिपथमा अगाडि बढ्न आवश्यक सीपको बारेमा सचेत हुने गरेको र वृत्ति–विकासको लागि जीवनमा आउने अवसरहरूको प्रयोग गर्न सक्ने पाइएको निर्देशक रेग्मीले जानकारी दिनुभयो ।

कार्यक्रम कार्यान्वयनका लागि छनौट गरिएका सामुदायिक विद्यालयका दुई जना शिक्षकलाई सात दिनको प्रशिक्षण दिई तालिम प्राप्त वृत्ति मार्गनिर्देशक शिक्षक मार्फत कक्षा ९ मा ६ दिने र ती विद्यार्थीहरु १० कक्षामा पुग्दा थप एक दिनको तालिम दिने व्यवस्था गरिएको छ ।

चार बर्ष अघी शुरु गरिएको कार्यक्रम अहिले देशभरका ३ सय ६८ शिक्षकहरुलाई तालिम दिई बृत्ति मार्ग निर्देशक शिक्षकका रुपमा जनशक्ति तयार गरिएको छ । बृत्ति मार्ग निर्देशन कार्यक्रममा १९ हजार बढी विद्यार्थी लाभान्वित भएका छन । सात वटै प्रदेशका ३४ वटा स्थानीय पालिकाका विद्यालयमा यो कार्यक्रम सञ्चालनमा रहेको छ ।

बृत्ति मार्ग निर्देशक कार्यक्रममा सहभागि विद्यार्थीहरुले वृत्तिको बारेमा जानकारी लिई उनीहरुमा आत्म विश्वास बढ्को, विद्यार्थीहरुले आफूलाई लागेको कुरा सवैका सामु राख्न सक्ने भएको, भविष्यको योजनका बारेमा विद्यार्थीहरुमा रहेको अन्यौलता हटेको निर्देशक रेग्मीले बताउनुुभयो । कार्यक्रम शुुरु गर्नुपूर्व गरिने अभिभावकीय सत्रमा अभिभावकहरुलाई बोलाएर छलफल गर्दा उनीहरु सन्तानको भविष्यप्रति विश्वस्त भएको, सम्मानजनक रोजगारी कसरी पाउने भन्ने जानेकारी पाएका छन ।

कार्यक्रम कार्यान्वयका क्रममा आफूहरुले स्थानीय पालिका र सरोकारवालासँग छलफल गर्ने गरेको र सो क्रममा उनीहरुले यो सबै विद्यार्थीहरुमा पूू¥र्याउनुपर्ने, कार्यक्रमको कार्यान्वयनबाट बेरोजगारी कम भइ आत्मनिर्भरता बढ्ने र राज्यले युवाको क्षमताको उचित उपयोग गर्न पाउने बताएको निर्देशक रेग्मीको भनाई छ ।

नेपाल सरकार तथा स्वीस सरकारको सहकार्यमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्को अगुवाइमा सञ्चालनमा आएको हेल्भेटास नेपालको दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाअन्तर्गत प्राविधिक तथा कार्यान्वयन साझेदार संस्था अन्तरङ्ग साइकोसोसल रिसर्च एण्ड टे«निङ इन्स्टिच्युटद्वारा वृत्ति–मार्गनिर्देशन कार्यक्रममार्फत विभिन्न सामुदायिक विद्यालयमा वृत्ति–मार्गनिर्देशन कार्यक्रम शुरु भएको छ ।

विद्यालयमा बृत्ति मार्ग निर्देशन कार्यक्रम दाङका सरस्वती माध्यमिक विद्यालय भरतपुर, गंगा मा.वि., मा.वि. रझेना, महेन्द्र मा.वि. धर्ना र मा.वि. हापुर रतनपुरमा सञ्चालनमा रहेको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment