कोरोना भाइरस विरुद्धको खोप कति प्रभावकारी

२४ फाल्गुन, काठमाडौं । सन् १७९६ मा एडवार्ड जेनेरले तुलनात्मक रूपमा सामान्य काउपोक्सको सङ्क्रमणले बिफरबाट जोगाउने कुराको भेउ नपाउँदासम्म सम्भव भएन। दुई वर्षपछि उनले आफ्नो अवधारणाको परीक्षण गरे र तथ्याङ्क प्रकाशित गरे।

कोभिड-१९ को महामारी नियन्त्रण गर्ने प्रयास स्वरूप विश्वभरि समुदाय स्तरमा खोप लगाउने काम सुरु भएको छ। सूचना र सल्लाह भ्रमपूर्ण हुन सक्छन् तर केही आधारभूत तथ्य र सूचनाले त्यस्ता वास्तविकता ठम्याउन सहयोग गर्छन्।

खोप के हो?

खोपले भाइरस, रोग वा सङ्क्रमणसँग लड्न शरीरलाई तयार गर्छ। यसले शरीरको प्रतिरक्षात्मक क्षमतालाई आक्रमण गर्ने तत्त्वको पहिचान गर्न सघाउँछ। कोरोना भाइरस अर्थात कोभिड–१९ विरुद्ध पहिलो चरणको खोप अभियान कार्यक्रम शनिबार सम्पन्न भएकाे थियाे ।

यसले एन्टीबडी उत्पादन गरेपछि धेरै बिरामी बनाउने सम्भावना कम हुन्छ तर मानिसहरूले केही असर अनुभव गर्न सक्छन्।

अस्थायी खालको ज्वरो र दुखाइको महसुस हुनसक्छ। त्यसपछि तपाईँको शरीरमा रोगसँग लड्ने प्रतिरोधी क्षमताको विकास हुन्छ। अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सीडीसीले त्यसैले खोप निकै शक्तिशाली हुने बताएको छ।

किनकि त्यसले बिरामी निको पार्न र उपचार गर्न प्रयोग हुने अधिकांश औषधिहरूभन्दा खोपले धेरै जीवन बचाउँछ। सीडीसीले भनेको छ, बजारमा पठाउनुअघि खोपहरूको व्यापक रूपमा परीक्षण गरिन्छ।

मानिसहरूमा क्लिनिकल परीक्षण गर्नुअघि त्यसको ल्याब र जनावरमा परीक्षण गरिन्छ।जोखिमहरू पनि हुन्छन् तर सबै औषधिहरू जस्तै जोखिमको तुलनामा खोपको लाभको निकै धेरै हुन्छ।

उदाहरणका लागि बाल्यकालको रोग करिब एक पुस्ता अघिसम्म आम रूपमा थियो जुन खोपकै कारण निकै कम हुँदै गएको छ। र, करोडौँ मानिसको ज्यान लिएको बिफर अहिले पूर्ण रूपमा निर्मूल भइसकेको छ।

खोप कसरी बनाइयो?

ब्याक्टेरिया, भाइरस, प्यारासाइट वा फङ्गसजस्ता रोगका कारक शरीरभित्र प्रवेश गरेपछि शरीरले त्योसँग लड्न एन्टीबडी उत्पादन गर्न थाल्छ। परम्परागत खोपले दैनिक क्रियाकलापमा किटाणुहरू सँग लड्नु अघि एन्टीजेनको कमजोर वा निष्क्रिय अंश मानिसको शरीरमा उत्पादन गरेर सहयोग गर्छ।

त्यसले प्रतिरक्षा प्रणालीलाई वास्तविक किटाणुसँग लडेको जस्तो कार्य गर्न प्रेरित गर्छ। तर कतिपय कोरोनाभाइरस खोप बनाउन नयाँ तरिका अपनाइएका छन्।

खोप सुरक्षित छ?

प्रारम्भिक चरणमा १० औँ शताब्दीमा चिनियाँले खोपको अवधारणा पत्ता लगाएका थिए।

गाई जनाउने ल्याटीन शब्द भेक्का शब्दबाट विश्वभरि भ्याक्सिन भनी खोपको नामकरण भयो। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओका अनुसार २० वटा रोगहरूबाट जोगाउन र बर्सेनि २० देखि ३० लाख मानिसको मृत्यु रोक्न खोपलाई आधुनिक विश्वको एउटा महान् उपलब्धिको रूपमा लिइयो।

कोरोनाभ्याक खोप अरू पनि छन्?

बेइजिङस्थित सिनोभ्याकले विकास गरेको कोरोनाभ्याक खोप पनि चीन, सिंगापुर, मलेशिया, इन्डोनेसिया र फिलिपिन्समा लगाइँदै छ र त्यसमा मृत भाइरसको अंशको प्रयोगको परम्परागत विधि अपनाइएको छ।

टर्की र इन्डोनेसियामा गरिएको पछिल्लो परीक्षणबाट प्राप्त अन्तरिम तथ्याङ्कलाई लिएर त्यसको वास्तविक प्रभावकारितामाथि प्रश्न उठाइएको छ। ब्रजिलमा अनुसन्धानकर्ताहरूले ५०.४ प्रतिशत मात्र प्रभावकारी देखिएको बताएका छन्।

भारतमा अक्सफोर्ड विश्वविद्यालयसँग मिलेर एक्ट्राजेनेकाले विकास गरेको कोभिशील्ड र स्थानीय भारत बायोटेकको कोभ्याक्सिन खोप लगाउन थालिएको छ।

रुसले भाइरसको परिवर्तित संस्करण प्रयोग गरिएको आफ्नै खोप स्पुतनिक भी प्रयोग गरिरहेको छ।

के सबैलाई खोप चाहिन्छ?

खोप सबैतिर अनिवार्य गरिएको छैन। तर मेडिकल कारणले गर्दा लगाउन नहुने सानो सङ्ख्या बाहेक अधिकांशलाई लगाउन ठिक भनिएको छ।

सीडीसीका अनुसार खोपले जसले लगाउँछ उसलाई कोभिड-१९ हुन दिन्न र त्यो व्यक्तिबाट सर्नबाट अरूलाई पनि जोगाउँछ। जसलाई उसले महामारी नियन्त्रणको महत्त्वपूर्ण साधन भनेको छ।

डब्ल्यूएचओले ६५ देखि ७० प्रतिशत मानिसहरूलाई खोपको खाँचो पर्ने अनुमान गरेको छ। जसको अर्थ धेरै मानिसलाई त्यसको निम्ति प्रेरित गर्ने देखिन्छ। केही मानिसले कोभिड खोपको उत्पादनको गतिलाई लिएर चिन्ता व्यक्त गरेको पाइन्छ। सत्य

पनि हो वैज्ञानिकहरूले खोपको परीक्षण र योजनामा वर्षौँ बिताउँछन् र विश्वव्यापी स्वार्थको निम्ति समाधान खोज्न कामलाई गति दिएका छन्। त्यसैका निम्ति डब्ल्यूएचओले वैज्ञानिक, व्यापारी र स्वास्थ्य सङ्गठनहरूसँग संयोजन गरिरहेको छ।

संक्षेपमा अर्बौँ मानिसलाई खोप दिँदा कोभिड-१९ को सङ्क्रमण रोक्छ र प्रतिरोध क्षमता विकास भएको अवस्था अर्थात् हर्ड इम्यूनिटीको बाटो खुला गर्छ। त्यसरी खोप दिइएपछि हामी छिट्टै सामान्य जनजीवनमा फर्किन सक्छौँ।

पहिलो चरण
पहिलो चरण अन्तरगत एक लाख ८४ हजारले खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयले कुनै अवान्छित घटना नभई पहिलो चरणको खोप अभियान सफलतापूर्वक सम्पन्न भएको जानाएको छ ।

दोस्रो चरण
दोस्रो चरणमा पत्रकार र कूटनीतिक क्षेत्रका कर्मचारीहरुलाई खोप दिइने पनि मन्त्रालयले जनाएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप ‘कोभिशिल्ड’ देशभरका २०१ खोप केन्द्रबाट गएको माघ १४बाट लगाउन सुरु गरिएको हो । त्यसो त १० लाख डोज खोप उपलब्ध गराउने भनेको भारतले अहिले सम्म सम्पुर्ण परिमाणमा खोप उपलब्ध गराएको छैन् ।

यस अधि आएको ४ लाख ५० हजार डोज खोपलाई मात्र नेपाल सरकारले खोप अभियानमा सरिक गराएको थियो । पहिलो चरणमा कूल जनसंख्याका तीन प्रतिशतलाई खोप लगाउने मध्ये स्वास्थ्यकर्मी, सफाइकर्र्मी, सुरक्षाकर्र्मी, शव वाहन चालक, स्वास्थ्य स्वयंसेविका लगायत खोप लगाएका छन् ।

तर, यता सरकारले खोप लाउन ठहर गरेको अग्रपंतिमा खटिने जनशक्ति मध्ये मात्र ३७ प्रतिशतले मात्र खोप लगाएका छन् । यसले के देखाउछ् भने कोरोना भाइरस विरुद्धको खोपलाई स्वास्थ्यकर्मी स्वयंलेपनि विश्वास नगरेको देखिएको छ । त्यसो त खोप अभियानमा अग्रपंतिमा खटिने जनशक्तिले विश्वास नगरेपछि विभिन्न समयमा स्वास्थ्य क्षेत्रमा काम गर्ने रिटायड् जनशक्तिलेपनि खोप लगाएका छन् । जसको कारण खोपको प्राथामीकिकरणमा बाधा पुगेको छ ।

तेस्राेचरणकाे खाेप
६० वर्षमाथिका नेपाली नागरिकलाई हिजाे अर्थात (फागुन २३ गते) बाट कोरोनाविरुद्धको खोप लगाउन सुरु भएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले फागुन २३ गतेबाट ६० वर्षमाथिका नेपाली नागरिकलाई खोप लगाइने बताएका थिए । डा. गौतमका अनुसार मंगलबारसम्म २ लाख ८३ हजार जनालाई खोप लगाइएको छ । अहिलेसम्म खोप लगाएका कुनैपनि व्यक्तिमा कुनै साइड इफेक्ट नदेखिएको उनले बताए।

विश्वव्यापीरुपमा प्रयोगमा आउन सुरु गरेका खोपहरुले विभिन्न चरण सफलता पुर्वक पार गरेका हुन्छन् । कोरोना भाइरस विरुद्ध लगाउन सुरु गरिएको कोभिसिल्ड होस या मोर्डना वा फाईजर यि सब खोपहरुले सफलतापुर्वक किल्निकल ट्रयाल पार गरेका छन् ।

भारत, अमेरिका, युके जस्ता मुलुकहरुले यि खोपहलाई प्रयोग गर्न थालेका छन् । यसर्थ नेपाललेपनि बिना कुनै शंका यसको प्रयोग गर्नुको विकल्प छैन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment