म्यान्मारमा सैन्य कू विरुद्धको आन्दोलनमा पहिलोपल्ट एक नेपालीभाषीको मृत्यु

२४ फाल्गुन, एजेन्सी । म्यान्मारमा सैन्य शासनविरुद्ध भइरहेको आन्दोलनमा पहिलोपल्ट एक नेपालीभाषीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४२ वर्षीय सानोभाइ विश्वकर्मा रहेका छन् । उनी नेपालीभाषी बर्मेली नागरकि हुन् । उत्तरी म्यान्मारको एउटा सहरमा सरकारी पक्षले पक्राउ गरेको पाँच दिनपछि उनको शव परिवारलाई बुझाइएको बतायएको छ।

तर आन्दोलनकारीहरुले पनि ती व्यक्तिको हत्या गरिएको आरोप लगाएका छन् । किनभने विश्वकर्मालाई सुरक्षाकर्मीले ५ दिनअघि गिरफ्तार गरेर लगेका थिए । उनी गिरफ्तारमा परेदेखि नै नेपालीभाषी समुदायका प्रतिनिधिहरूले प्रहरी चौकीमा पुगेर पटकपटक विश्वकर्माबारे सोधीखोजी गरेको बताइएको छ ।

क्रममा सुरक्षामीहरुले विश्वकर्मालाई पक्राउ नगरेको झुटो दाबी पेश गरिरहे पनि पाँचदिनपछि आइतवार भने उनको शव परिवारको जिम्मा लगाइएको छ । सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको आरोप प्रदर्शनकारीहरुले लगाएका छन्, किनभने मृतकको जिउभरि घाउ र चोटहरु देखिएका छन् ।

विश्वकर्मा म्यान्मारको उत्तरी प्रान्त शानको मुसे सहरमा सुनको गहना बनाउने काम गर्दै आएका थिए । हाल उनका एक श्रीमती र पाँच छोरा छन् । उक्त शहरमा करिब १०० को सङ्ख्यामा नेपालीभाषी बसोबास गर्दै आएको बताइन्छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment