पहिलेभन्दा धेरै आधुनिक फिचरसहित अर्को महिना बजारमा आउँदै नयाँ सुजुकी सेलेरियो

२४ फाल्गुन, काठमाडौं । मारुती सुजुकीले सन् २०२० को अन्त्यसम्ममा बजारमा ल्याउने आाकलन गरिएको नयाँ जेनेरेशन सेलेरियो २०२१ अप्रिल महिनाबाट भारतमा विक्री सुरु हुने भएको छ ।

कम्पनीले कोभिड १९ को कारण नयाँ जेनेरेशन सेलेरियो केहि ढिलागरि बजारमा ल्याउन लागेको हो । कम्पनीले नयाँ जेनेरेशन सेलेरियोलाई ‘वाईएनसी’ कोण नेममा उत्पादन गरिरहेको छ ।

सन् २०१४ मा पहिलो पटक बजारमा आएको सेलेरियोलाई ६ वर्षपछि कम्पनीले नयाँ जेनेरेशनमा ल्याउन लागेको हो । कोरोना भाइरसको संक्रमणपछि साना र सस्ता कारमा ग्राहकको आकर्षण धेरै रहेकाले कम्पनीले त्यसको फाइदा लिन सेलेरियोको नयाँ जेनेरेशन सफल हुने अपेक्षा गरेको छ ।

यसलाई कम्पनीले आफ्नो माइक्रो एसयूभी एसप्रेसो र वागेनआरको प्ल्याटफर्ममा बनाइरहेको बुझिएको छ । प्रोजेक्टर हेडल्याम्प, एलइडी डिआरएलएस, अलोय ह्वील, एलइडी टेल ल्याम्प, रियर वाइपर, चंकीएर बम्पर, उच्च ग्राउन्ड क्लियरेन्स जस्ता फिचरको साथ बजारमा उतार्ने छ ।

कारको इन्टेरियर पनि अहिलेको भन्दा निकै आकर्षक हुने अनुमान गरिएको छ । ड्यासबोर्ड माउन्ट इन्फोटेन्टमेन्ट सिस्टम, फेब्रिक सिट, कप होल्डर, अटोमेटिक एसी, इटेरिङ माउन्ट कन्ट्रोल जस्ता विशेषता रहने छन् ।

सुरक्षाको हिसावले एयरव्याग, पार्किङ क्यामेरा, स्पीड सेन्सर, रिटबेल्ट रिमाइन्डर, एबीएस, इबीडी जस्ता फिचर यसमा रहने छन् ।

१.० लिटर क्षमताको इन्जिनमा आउने नयाँ जेनेरेशन सेलेरियो पेट्रोल इन्जिनमा मात्रै उपलब्ध रहने छ । उक्त इन्जिनले ६७ बीएच पावर र ९० एनएम टर्क प्रदान गर्ने छ । यसमा ५ स्पीड म्यानुयल र एएमटी गियरबक्स रहने छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment