धादिङका पत्रकारद्वारा आत्महत्या !

२३ फागुन, धादिङ । धादिङको रेडियो विहानीमा कार्यरत सञ्चारकर्मी धर्मेन्द्र श्रेष्ठले आत्महत्या गरेका छन् ।

रेडियो विहानीबाट सञ्चालन हुने रेडियो कार्यक्रम चौबन्दीका प्रस्तोता तथा विभिन्न युटुव च्यानलमा कार्यरत श्रेष्ठ आइतबार आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख एसपी महेन्द्र खड्काका अनुसार पुछारबजारस्थित आफू बसेकै कोठामा धमेन्द्रले सिलिङ फ्यानमा पासो लगाएर आत्महत्या गरेको प्रारम्भिक खुलाशा भएको छ ।

उनका अनुसार उनको शवको पोस्ट मार्टम रिपोर्टका लागि जिल्ला अस्पतालमा राखिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment