अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा शेरबहादुर देउवा द्धारा शुभकामना प्रकट

२३ फाल्गुन, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण महिला दिदी बहिनीहरुमा हार्दिक शुभकामना प्रकट गर्दछु ।

अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेको सन्दर्भमा नेपाल अहिले पनि महिला माथि हुने विभेद र हिंसाका घटनाबाट मुक्त हुन सकेको छैन । शहरदेखि दुर दराजका गाउँहरुमा आज पनि महिलाहरु शोषण, दमन र उत्पीडनबाट आक्रान्त छन् । महिला माथि हुने विभेद र हिंसाका विरुद्ध नारी जागरण आजको आवश्यकता हो ।

हिंसा— लोकतन्त्र र जनताको सम्प्रभुतामाथिको सबैभन्दा ठूलो खतरा हो ।
हिंसा— मुलुकको आर्थिक प्रगतिको सबैभन्दा ठूलो बाधक हो ।
हिंसा— सामाजिक एकता र सद्भावलाई कमजोर बनाउने कारण पनि हो ।

नेपाली कांग्रेस सबै खाले हिंसाको अन्त्य चाहन्छ । महिला विरुद्ध हुने सबै खाले हिंसाको अन्त्यका लागि आम नागरिकलाई जागरुक गराउन अन्तर्राष्ट्रिय नारी दिवसले सहयोग पु¥याउनेछ भन्ने मैले विश्वास लिएको छु ।

पार्टी तथा राज्यका हरेक तहमा महिलाको उचित प्रतिनिधित्व र सहभागिता रहनु पर्दछ भन्ने कुरामा नेपाली कांग्रेस विश्वास राख्दछ र पार्टीको आफ्नो विधानमा वडादेखि केन्द्रसम्मका सबै तहमा ३३ प्रतिशत महिलाहरुको प्रतिनिधित्वको नेपाली कांग्रेसले सुनिश्चितता गरेको छ ।

नेपालमा लोकतन्त्रको स्थापना र पुनस्र्थापनाका हरेक आन्दोलनहरुमा अग्रणी स्थानमा उभिएर कैयन महिला दिदी बहिनीहरुले आफ्नो प्राणको आहुती दिनु भएको छ । म उहाँहरुप्रति उच्च सम्मान प्रकट गर्दछु ।

आगामी दिनमा पनि स्थापित लोकतान्त्रिक मूल्य र मान्यताको संरक्षण र सम्वद्र्धनका लागि पनि महिला दिदी बहिनीहरुको अझ महत्वपूर्ण र निर्णायक भूमिका रहनेछ भन्ने मैले विश्वास लिएको छु । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहरुमा पुनः हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

जय नेपाल !



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment