संसद्‌मा कांग्रेसको नाराबाजी

२१ फागुन, काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी अध्यादेशको विरोधमा प्रमुख प्रतिपक्षी दल कांग्रेसले प्रतिनिधिसभामा नाराबाजी गरेको छ ।

आफ्नो दलको असहमतिका बीच सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश संसद्‌मा पेस गरेपछि कांग्रेस सांसदहरुले उठेर विरोध गर्दै नाराबाजी गरेका हुन् ।

कांग्रेस सांसदले नाराबाजी गरेपछि जसपाका सांसदहरुले पनि साथ दिएका थिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment