धनगढी आयल निगम डिपो नजिकैको फर्निचर ‘स्वरुम’ मा आगलागी

२२ फागुन, धनगढी । सुधुरपश्चिम प्रदेशको राजधानी धनगढीमा रहेको फर्निचर शोरुममा आगलागी भएको छ। शनिबार दिउँसो १२ बजेतिर धनगढी अत्तरीया सडकमा पर्ने शोरुममा आगलागी सुरु भएको हो। आगो अझै नियन्त्रणमा आइसकेको छैन ।

धनगढीको आयलनिगमको मुख्य डिपोदेखि नजिकै रहेको फर्निचर शोरुममा आगलागी भएकोले स्थानीयहरु त्रशित भएका छन् । आगलागीबाट लगभग २० मिटर टाढा सिटी अस्पताल रहेको छ।

धनगढी उपमहानगरपालिकाको वारुण नियन्त्रणले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेको छ। तर आगो नियन्त्रणमा आउन सकेको छैन । करिव १०० मिटर लामो शोरुमको पूरै खण्डमा आगो सल्किएकोले नियन्त्रणमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

आगलागी नियन्त्रणको प्रयासमा घटनास्थलमा दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीय लागिपरेका छन् ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment