मोरङ उर्लाबारीका प्रवीण बाँस्तोला मृत्यु प्रकरणः फरार दुईजना पक्राउ

२२ फाल्गुन, काठमाडौं । मोरङ उर्लाबारी–५ का ३२ वर्षीय प्रवीण बाँस्तोलाको मृत्यु प्रकरणमा फरार दुई जना पक्राउ परेका छन् । प्रहरीले उनीहरुलाई भैरहवाबाट शुक्रबार साँझ पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा उर्लाबारी–६ का ३२ वर्षीय राजेश रणपहेली र झापा गौरादह नगरपलिक–९ का ३१ वर्षीय दीपेश पौडेल छन् ।

बाँस्तोला मृत्यु प्रकरणमा प्रहरीले होटल सञ्चालक उर्लाबारी नगरपालिका ९ का ३४ वर्षीय कुमार राई, प्रवीणका साथी मोरङ रतुवामाई नगरपालिका–१० पवित्रा चोकका २९ वर्षीय रिकेश सिवा भन्ने मेहरमान दर्जी, सुदीप परियार र रमेश गिरीलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

बाँस्तोला मृत्यु प्रकरणमा ६ जनाविरूद्ध मुद्दा दायर गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment