अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ स्वास्थ्यकर्मी सम्मानित हुने

२२ फागुन, विराटनगर । १११ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा प्रदेश १ सरकारले १३ जना स्वास्थ्यकर्मी महिला कर्मचारीलाई सम्मानित गर्ने भएको छ ।

प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालयले विराटनगरमा विभिन्न कार्यक्रममको आयोजना गरेर ‘‘महिलाको सुरक्षा, सम्मान रोजगारः समृद्ध नेपालको आधार’’ भन्ने नाराका साथ ८ मार्च अर्थात् फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस मनाउदैछ ।

कोभिड–१९ को महामारीमा अग्रपंत्तिमा रहेर उल्लेखनीय भूमिका निर्वाह गर्ने कर्मचारीलाई सम्मानित गरिने सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दूर्गा भण्डारी बरालले जानकारी दिए ।

सामाजिक विकास मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले कोभिड अस्पताल, ल्यावमा कार्यरत महिला कर्मचारीहरुलाई सम्मानित गरिने बताए । उनले सामाजिक विकास मन्त्रालय र सामाजिक संघ संस्थाहरुको आयोजनामा दिवस मनाइने जानकारी दिए ।

फागुन २४ गते विहान ७ बजे जिल्ला प्रशासन प्राङ्गणबाट सुरु भएको ¥यालीले नगरको विभिन्न भागको परिक्रमा पछि आदर्श माविमा आएर कार्यक्रममा परिणत हुनेछ । साँझ विराटनगरस्थित ट्राफिक चोकमा दीप प्रज्ज्वलन गरि कार्यक्रम समापन गरिने सामाजिक विकास महाशाखा प्रमुख बरालले जानकारी दिए ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment