अर्थमन्त्री पौडेल र उद्योगमन्त्री भट्ट रुपन्देहीको एक कार्यक्रम स्थलबाटै लखेटिए



२२ फागुन, बुटवल । अर्थमन्त्री विष्णू पौडेल र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट कार्यक्रम स्थलबाट लखेटिएका छन् । शुक्रबार मन्त्रीद्वय पौडेल र भट्ट मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्न रुपन्देही पुग्नु भएको थियो । उहाँहरुले ठूलो सुरक्षा घेरामा रहेर औद्योगिक क्षेत्रको सिलान्यास गर्नुभएको थियो । तर उहाँहरुले स्टेजमा गएर भाषण गर्न थालेपछि स्थानीयले ढुंगामुढा गरेका थिए ।

मन्त्री पौडेल र मन्त्री भट्टले २ दुई दुई मिनेट पनि भाषण नगरि हिड्नु भएको थियो । स्थानीयले कार्यक्रमको बोर्डका साथै मन्त्री पौडेललाई भुमाफिया भन्दै नाराबाजी गरेको थिए । त्यपछि ओली समुहका कार्यकर्ता र स्थानीयबीच ढुंगा हानाहान हुन थालेपछि प्रहरीले केहीलाई नियन्त्रणमा समेत लिएको बताइएको छ ।

सरकारले स्थानीयले पहिलेबाटै भोगचलन गर्दै आएको गग्गाका विद्यालय, वन, मठ मन्दिरको जग्गामा औद्योगिक क्षेत्र बनाउन लागेपछि स्थानीयले बिरोध गर्दै मन्त्रीहरुको कार्यक्रम बिथोलेका हुन् । त्यस्तैगरी आफूहरुसँग प्रतिबद्धता गरेअनुसारका काम नगरि त्यसको बिपरित र अपार्दर्शी ढंगले काम गरेको स्थानीयको आरोप छ ।

कुनै प्रकारको प्रकृया नै पूरा नगरि सरकारले आफ्नो लोकप्रीयताका लागि शिलान्यास गर्न हतारो गरेको उनीहरुको आरोप छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment