बाग्लुङ समाज पाेर्चुगलकाे सक्रियतामा बुर्तिबाङका कडेलकाे लागि सहयाेग रकम हस्तान्तरण

याेगेन्द्र खरेल

२१ फागुन, लिस्वाेन पाेर्चुगल ।
बाग्लुङ जिल्ला बुर्तिबाङका शारीरिक रुपमा अपांग भरत कडेल आर्थिक अभाबकाे कारण स्वास्थ उपचारमा समस्या भएकाे भन्दै बाग्लुङ समाज पाेर्चुगलका उपाध्यक्ष ज्ञानु शर्मा गाैतम ले सहयाेग संकलन अभियान सन्चालन गरि करिब ३ लाख ४२ हजार भन्दा बढि रकम संकलन गरि बाग्लुङ समाज पाेर्चुगलले हस्तान्तरण गरेकाे छ ।

पाेर्चुगल तथा नर्वेमा रहनुभएका नेपालिहरुले प्रदान गरेकाे उक्त सहयाेग रकम परिवारका सदस्यहरुलाई हस्तान्तरण गरिएकाे हाे ।

याे अभियानमा पाेर्चुगलमा खगेन्द्र श्रेष्ठ, रंजिता जिसि, टोरेश भुवन कडेल, गिरिजा छनत्याल यसै गरी नर्वबाट रत्न सपकोटा, तारा ढुङ्गाना, अन्जुु जिसि ले सक्रिय भुमिका खेल्नु भएकाे थियाे ।

उक्त सहयाेग संकलनमा सक्रियता जनाउनुहुने र सहयाेग रकम प्रदान गर्नुहुने सबै सहयाेगिहरु प्रति अभियान्ता ज्ञानु शर्मा पाैडेल ले धन्यवाद ब्यक्त गर्नु भएकाे छ ।

साथै याे पबित्र कार्यमा लाग्नुहुने र विषम परिस्थितिमा समेत आर्थिक सहयाेग गर्नुहुने सबै सहयाेगिहरु प्रति समाजका अध्यक्ष श्री प्रेम खड्का र सल्लाहकार श्री सुर्य हमाल ले विशेष धन्यवाद दिनुहुदै , आगामि दिनहरुमा समेत यस्ता पवित्र कार्यहरुमा सक्रियताकाे लागि अपिल गर्नुभएकाे छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment